नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै, बालुवाटारमा बोलाइयो बैठक
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठक बुधबार सुरु भएको हो । यद्यपि, दोस्रो दिनको बैठक शुक्रबार बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि त्यसको विरोध भएको थियो ।

विरोधको अग्र मोर्चामा भीम रावल थिए । त्यसपछि प्रधानमन्त्रीको अनुपस्थितमा बैठकमा सीमा समस्यामा छलफल भएको थियो ।

शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।



बैठकको सुरुमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले बोलेका थिए । भारतसँग तीन पटकसम्म वार्ताको प्रयास गरेको तर उसले बेवास्ता गरेको उनले बताएका थिए ।

बैठकमा ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने प्रचारमा सत्यता नभएको स्पस्ट पारे । उनको यो संकेत भारतीय मिडियाहरुप्रति थियो ।



बुधबारको बैठकमा भने अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काप्रति तितो पोखेका थिए ।


 

  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार ८:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया