चीनसँग लड्न भारतलाई बाध्य बनाउँदैछ अमेरिका ?
अमरीकी रक्षा मन्त्री मार्क एस्पर

चीन र अमेरिकाबीच अब वाकयुद्ध सुरु भएको केही महिना भइसकेको छ । केहीअघिसम्म व्यापार युद्धमा होमिएका यी दुई देशबीच पछिल्लो समय कोरोनाभाइरसको विषयमा वाकयुद्ध चलिरहेको छ ।

अब यो क्रममा जोडिएको छ भारत पनि । भारत र चीनबीच लद्दाखमा भएको सैन्य झडपका कारण अब भारत र चीनको सम्बन्धमा थप चिसोपना आउँदैछ ।

अब उता, इकोनोमिक टाइम्समा आएको एक रिपोर्टका अनुसार अमेरिकाले भारत, जापान तथा अष्ट्रेलियालाई लडाकु विमानको तालिमका लागि निकै दबाब दिन थालेको छ । इकोनोमिक रिपोर्टका अनुसार एशिया प्रशान्त क्षेत्रमा चीनको आक्रमतालाई रोक्न अमेरिकाले यो कदम उठाएको हो । 

अब अमेरिकी नजरमा भारतीय सीमामा चीनको आक्रमताका लागि लिएर विभिन्न छलफल हुन थालेको छ । १५ जुनमा मात्र चिनियाँ र भारतीय सैनिकबीच भएको हिंस्रक झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो ।

इकोनोमिक टाइम्समा छापिएको समाचारअनुसार अमेरिकी सिनेटमा द नेसनल डिफेन्स अथोराइजेसन विधेयक ल्याइएको छ । यो एक्टअनुसार सन् २०२१ को अक्टोबर महिनाबाट फाइटर जेटको तालिम दिन सुरु गरिनेछ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले पनि अमेरिकाले युरोपबाट आफ्ना सैनिक घटाउने बताएका छन् । उनले एशिया तथा भारतमा चिनियाँ खतरा कम गर्नका लागि यस्तो कदम चाल्न लागिएको बताएका हुन् ।



उता, जापानले पनि अब चीन र उत्तर कोरियाका कारण जमिनको रक्षामा मात्र नभएर साइबर स्पेसमा पनि खतरा बढेको बताएका छन् ।



  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार २१:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया