पाकिस्तानी प्रमको भारतीय प्रममाथि टिप्पणीः भारत सखाप बनाउँदैछन्

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेका छन् । पाकिस्तानी सन्चारमाध्यमहरुमा छापिएको समाचारअनुसार खानले मोदी सामान्य मानिस नभएको प्रतिक्रिया दिएका हुन् ।

‘उनी सामान्य मानिस होइनन्,’ खानले भनेका छन्, ‘उनी दिमाग भएका व्यक्ति हुन् तर उनले भारतलाई सखाप बनाउँदै छन् ।’

इमरान खानले ५ अगस्ट पहिले नै भारत प्रशासित कश्मिरको समस्यालाई पूरै विश्वको ध्यानमा ल्याउनका लागि आन्दोलन गर्ने पनि घोषणा गरेका छन् । 

उनले भारत र पाकिस्तानबीच सीमामा बसेका मानिसहरुको विषयमा पनि केही कार्यक्रमहरु ल्याउने घोषणा गरेका छन् । त्यहाँका १ लाख ३८ हजार परिवारलाई त आर्थिक सहयोग गर्ने उनले योजना ल्याएका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १०:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया