नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा नेपाल र भारत सीमाको व्यवस्थापनमा अब ढिलाई गर्न नहुने बताएका छन् ।
उनले अहिले खुला रहेको नेपाल भारत सीमा तत्काल बन्द गर्नु पर्ने र प्रवेशाज्ञा प्रणालीको विकास गर्नु पर्ने कुरा राखेका छन् । स्थायी समिति बैठकमा उनले राखेका विचारलाई उनको सचिवालयले सार्वजनिक गरेको छ ।
उनको सचिवालयअनुसार उनले स्थायी समिति बैठकमा प्रवेशाज्ञा व्यवस्था तत्काल गर्नु पर्ने भए पनि प्रवेशाज्ञा निःशुल्क हुनु पर्ने बताएका छन् ।
सिमानामा दुवै देशको हितका लालिग दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने उनको धारणा छ ।
यसअघि गौतमले २५ वर्षअघि आफूले महाकाली सन्धि घातक भएको भन्दा आफूमाथि अन्याय गरिएको बताएका थिए । उनले स्थायी समिति बैठकमा नै अब आफूले न्याय पाउनु पर्ने पनि बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।