इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ च्याम्पियन लिभरपुललाई गएको वर्षको विजेता म्यानचेस्टर सिटीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने भएको छ ।
सिटीले लिभरपुललाई आगामि बिहीबार आफ्नो घरेलु मैदान इतियाद स्टेडियममा गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको प्रशिक्षक पेप गार्डिओलाले बताएका छन् ।
‘हामी लिभरपुललाई गार्ड अफ अनर प्रदान गर्दैछौँ । जब उनीहरु हाम्रो घर आउने छन्, हामी सम्मान गर्नेछौँ, उनले भने, ‘त्यसका लागि हामी गार्ड अफ अनर प्रदान गर्दै छौँ, किनकी उनीहरु यो सम्मानका हकदार हुन् ।’
लिभरपुलले ३० वर्षपछि पहिलोपटक इंग्लिस लिग उपाधि शनिबार जितेको हो । उपाधिपछि पहिलो खेलका लागि लिभरपुल सिटीको मैदान जाँदैछ ।
सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलले सात खेल बाँकी छँदैै उपाधि जितेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।