काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भएको दाबी गरेपछि राजनीतिक वृत्तमा उनको भनाइमा प्रतिक्रिया दिने क्रम सुरु भएको छ । यस क्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सबैभन्दा अगाडि देखिएका छन् ।
आइतबार प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको केहीबेरमै डा. भट्टराईले ट्विटरमार्फत प्रधानमन्त्रीलाई कडा प्रतिक्रिया दिएका छन् । भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन् ।
‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन’ प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै उनले थप लेखेका छन्, ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने ? भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढी पहिरो आएको बेला हुने ? अलिपछि दशैँ–तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ?’ उचित वेलाचाहिँ कैले रहेछ हँ ?’
बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?
— Baburam Bhattarai (@brb1954) June 28, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।