राष्ट्रिय प्रजातन्त्र पार्टीमा ९ जना सचिवालय सदस्य थपिए

काठमाडौं– केही महिनाअघि तीनवटा पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा ९ जना सचिवालय सदस्य थपिएका छन् ।  पार्टीको विधानबमोजिम अध्यक्षत्रयले उनीहरुलाई मनोनयन गरेका हुन् । 

जसअनुसार नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्तौला (मकवानपुर),  बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) छन् । 

मनोनयनका क्रममा पूर्व तीनै पार्टीका व्यक्तिहरुलाई समावेश गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकोमा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १८:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया