भोलिदेखि सेयर बजार खुल्ने, सर्किट ब्रेकर पुरानै

काठमाडौं– सोमबारबाट सेयर बजार खुल्ने भएको छ । धितोपत्र बोर्डले एक पत्र पठाउँदै सोमबारदेखि सेयर कारोबार सञ्चालन गर्न निर्देशन दिएपछि लकडाउनका कारण बन्द रहेको सेयर बजार खुल्ने भएको हो । 

भोलिबाट खुल्ने बजारमा सर्किट ब्रेकरसम्वन्धी पुरानै व्यवस्था कायम रहने नेप्सेका प्रवक्ता मुरारी पराजुलीको भनाइ छ । बिहान ११ बजेदेखि पुरानै सर्किट ब्रेकर कायम गरेर बजार खुल्ने तय भए पनि बन्द हुने समय ३ वा ४ बजे गर्ने भन्नेबारेमा सञ्चालक समितिको निर्णय आउन बाँकी छ ।  

जसअनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्नेछ भने कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ ।

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोबार स्थगित हुनेछ । परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

चैत ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेको बजार बीचमा वैशाख ३० र ३१ गते दुई दिन सञ्चालन गरिएको थियो । लगानीकर्ताको दबाबपछि बोर्डले पुनः बन्द गराएको थियो ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १९:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया