प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले पनि प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफूलाई भारतले समेत षडयन्त्र गरेर हटाउन खोजेको आरोप लगाएका थिए ।
उनको यो आरोपसँगै यसलाई भारतीय मिडियाले पनि प्राथमिकतामा राखेका हुन् ।
भारतीय मिडिया लाइभ हिन्दुस्तानले त प्रधानमन्त्री ओलीले काम नगरेकाले पार्टी र विपक्षीबाट घेरिएको विषयमा भारतको षडयन्त्र देखेको भन्दै टिप्पणी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।