कोरोनाभाइरसको नक्कली आयुर्वेदिक औषधि बेच्न खोजेको आरोपमा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्णसहित पाँच जनाविरुद्ध भारतीय प्रहरीले पहिलो सूचना रिपोर्ट (एफआइआर) दर्ता गरेको छ । उनीहरुविरुद्ध अब प्रहरीले अनुसन्धान अघि बढाउने जनाएको छ ।
प्रहरीले रामदेव र बालकृष्णसहित अनुराग बस्र्नी, बलवीरसिंह तोमार र अनुरागसिंह तोमारविरुद्ध पनि एफआईआर दर्ता गरिएको छ ।
आचार्य बालकृष्ण रामदेवले प्रवद्र्धन गरेको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै अनुराग बस्र्नी नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च (निम्स) का अध्यक्ष र अरु दुई निर्देशक हुन् ।
रामदेव र उनको समूहले केन्द्रिय आयुर्वेदिक मन्त्रालयको स्वीकृतिबिना नै उक्त औषधि बेचेको एफआईआरमा दाबी गरिएको छ । पतञ्जली आयुर्वेदले पाँच दिनअघि कोरोनिल नाम दिइएको आयुर्वेद औषधि सार्वजनिक गर्दै कोरोना निको हुने दाबी गरेको थियो ।
जयपुर नजिकको निजी संस्था निम्सको सहयोगमा कोरोनाभाइरस संक्रमित बिरामीहरुमा औषधिको ‘क्लिनिकल ट्रायल’ गरिएको दाबी गरिएको थियो ।
वकिल बलवीर जाखड लगायत केही व्यक्तिले गरेको गुनासोका आधारमा शनिबार जयपुरको ज्योति नगर पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो । त्यहाँका प्रहरी अधिकारी अशोक गुप्ताका अनुसार धेरै गुनासो रामदेवले बिनाआधार औषधि विकास गरेको दाबी गरेको धेरै गुनासा थिए । अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।
प्रहरीमा दिइएको उजुरीमा रामदेवले मानिसहरुको जीवन जोखिममा पारेको जनाइएको छ । उनले केन्द्र वा राजस्थान सरकारलाई औषधि परक्षणबारे कुनै जानकारी पनि दिएका छैनन् ।
तर औषधि सार्वजनिक गर्दै उत्पादक कम्पनी पतञ्जली आयुर्वेदले सबै कानूनी औपचारिकता पूरा गरेको जनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।