पाकिस्तान स्टक एक्सचेञ्जमा आतंकवादी हमला

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा भएको हमलामा चार आतंकवादीको मृत्यु भएको छ । स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादीहरु सुरक्षाकर्मीको कारवाहीमा परेर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
स्टक एक्सचेञ्जमा चार जना अज्ञात बन्दुकधारीहरुले सोमवार स्थानीय समय बिहान १० बजे अन्धाधुन्ध हमला गरेका छन् ।
कराँचीका पुलिस प्रमुख गुलाम नावी मेमोनलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार सिल्भर रंगको कोरोला कारमा आएका हमलाकारीले उच्च सुरक्षा भएको उक्त भवनमा ग्रिनेड प्रहार गरेका  थिए ।

सो आक्रमणको प्रतिउत्तरमा सुरक्षाकर्मीले चलाएको गोली लागी  दुई जनाको मुख्य प्रवेशद्वारमा र दुई जनाको स्टक एक्सचेञ्जभित्र मृत्यु भएको छ । त्यस्तै अन्य दुई जना सर्वसाधारण पनि मारिएका छन् ।

उक्त घटनामा परी केही सुरक्षाकर्मीसहित सात जना सर्वसाधारण पनि घाइते भएका छन् । उता पाकिस्तान स्टक एक्सचेञ्जले भने सामाजिक सञ्जाल ट्वीटर मार्फत सुरक्षाकर्मीको सहायतामा स्थिति नियन्त्रणमा आएको बताएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १५:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया