सगरमाथा उचाइ मापनको काम सकिएको छ । तर, अझै पनि नेपाल सरकारले सगरमाथाको उचाइ कति भन्ने जानकारी बाहिर ल्याएको छैन । अहिले डाटा प्रोसेसिङको काम भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
‘सगरमाथाको उचाइ केलाई मान्ने भन्ने विषयमा छलफल चलिरहेको छ, चीनसँग पनि वार्ता भइरहेको छ,’ राष्ट्रिय सभामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘पत्थरको उचाइलाई सगरमाथाको उचाइ मान्ने कि हिउँको चुचुरोलाई नै उचाइ मान्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको उचाइबारे छिट्टै नेपाल र चीनबीच छलफलबाट टुङ्गो लाग्ने बताएका छन् ।
यसअघि चीनले वास्तविक रकको उचाइलाई आधार बनाएर ८ हजार ४ सय ४४ मिटर मात्र बनाएको जानकारी पनि ज्ञवालीले दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।