मास्क लगाउने कि नलगाउनेबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबीत मतभेद

काठमाडौं– संसारलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसले हालसम्म सबैभन्दा बढी क्षति अमेरिकामा पुर्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले त सुरुमा यो भाइरसलाई ‘चिनियाँ भाइरस’को उपमा दिएका थिए । 

अमेरिकामा कोरोना भाइरसका करिब २५ लाख ४९ हजार संक्रमित फेला परिसकेका छन् । अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या बढेसँगै अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले मानिसहरुलाई सार्वजनिक स्थलमा मास्क लगाउन आग्रह गरेको बिबिसीले जनाएको छ । उनले मानिसहरुले स्थानीय सरकारले लगाएको नियम पालना गर्दै मास्क प्रयोग गर्नुपर्ने बताएका हुन् ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्प भने मास्क लगाउन अनिवार्य गर्न नहुने पक्षमा छन् । उनले कोरोनाको औषधि बनेर दाबी गर्दै आएको औषधिलाई पनि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । 

सुरुदेखि कोरोनालाई नजरअन्दाज गर्दै आएका ट्रम्पले आफूलाई आगामी निर्वाचनमा हराउनका लागि भाइरस फैलाएको भनेरसम्म आरोप लगाउन भ्याएका छन् । यस्तो अभिव्यक्तिका कारण विश्वभर उनको आलोचना हुने गरेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १७:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया