काठमाडौं– सरकारले कोरोना संकटपछि काठमाडौं उपत्यका छाडेर गाउँ गएका वा काठमाडौं आउन अत्यावश्यक परेकाहरुलाई ससर्त प्रवेश दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार काठमाडौं आउन चाहनेले होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनुपर्नेछ । यस्तो सिफारिस स्थानीय तह, वडा कार्यालय र प्रहरी जोबाट बनाए पनि हुन्छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न स्थानमा ४ सय ७६ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।