अहिले विश्वभर श्वेत र अश्वेतको विषयमा निकै ठूलो चर्चा भएको छ । कतिपय विश्वका कम्पनीहरुले त अब आफ्नो ब्रान्डको नाम पनि यही कारणले फेर्ने भएका छन् । फेयर एन्ड लभ्ली एउटा यस्तै कम्पनी हो ।
तर, अब भारतीय अभिनेत्री सौम्या टन्डनले चाहिँ आफू गोरी भएकाले एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा अस्वीकृत भएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘मलाई मानिसहरुले गोरी भन्छन्, यसलाई म गालीजसरी लिन्नँ, म त यही कारण धेरै पटक अस्वीकृत भएकी छु ।’ उनले भारतभन्दा बाहिर गएर भारतीय युवतीको भूमिकाका लागि अडिसन दिँदा आफू अस्वीकृत भएको बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।