काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’का केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई सोमबार दाङ जिल्ला अदालतको आदेशमा छुटे पनि उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
नौ महिनाभन्दा बढी समयदेखि थुनामा रहँदै आएका विप्लवका सहोदर दाइ वीरजंगलाई अदालतले १५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
यसअघि सात महिनाअघि पनि अदालतले १५ हजार नै धरौटी माग गर्दै उनलाई रिहाइ गर्न आदेश दिएको थियो । तर, उनी धरौटी रकम नबुझाई हिरासतमै गएका थिए ।प्रहरीले उनीमाथि संगठित अपराधसम्वन्धी मुद्दा चलाउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।