बङ्गलादेशमा डुङ्गा दुर्घटना : २३ को मृत्यु, दर्जनौं बेपत्ता

बङ्गलादेशको राजधानी ढाकास्थित बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् ।

दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताएका छन् । उद्धारकार्य जारी रहेको बताइएको छ ।    
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार ७:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया