गण्डकी प्रदेशमा मंगलबार १७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसगै संक्रमितको संख्या ९६६ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पोखरामा ६ सहित १७ जनामा मंगलबार बिहान कोरोना पुष्टि भएको हो ।
तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १ र १ महिनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, कास्कीको मादी गाउँपालिकाका १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।
प्रदेशमा हालसम्म कोरोनाले २ पुरुषको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।