कोरोनाका कारण साफ च्याम्पियनसिप एक वर्ष पछि सर्यो

दक्षिण एसियास्तरको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक वर्ष पछि सरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले सहभागिता जनाउने यस प्रतियोगिताको अर्को संस्करण एक वर्ष (सन् २०२१) पछि धकेलिएको हो ।

कोरोनाभाइरसका कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसिप पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । सामान्य अवस्था भए साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आफ्ना सदस्य सात राष्ट्रका फुटबल संघका महासचिवसँग सोमबार जुममार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

साफमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य छन् ।

जुममार्फत गरिएको छलफलमा नेपालको तर्फबाट एन्फाका महासचिव इन्द्रमान तुलाधरले बैठकमा भाग लिएका थिए । 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार ८:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया