स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।
भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।