लकडाउन ७ साउनसम्म थप गर्ने सरकारको निर्णय

सरकारले जारी लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

देश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् ।  सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् ।

त्यस्तै, निजी गाडी अहिलेजस्तै जोर–बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् । 

त्यसैगरी, काठमाडौं उपत्यका भित्रिन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले  स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएका छन् ।
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार ९:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया