एजुकेसन पार्क ‘द–पायनियर’ अन्तराष्ट्रिय अवार्डमा मनोनित

नेपालको अग्रणी शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी एजुकेसन पार्क अन्तराष्ट्रिय अवार्ड ‘द–पायनियर अवार्ड २०२०’ मा मनोनित भएको छ ।
एजुकेसन पार्क एजुकेसन एजेन्सी अफ द इयर विधाका लागि मनोनित भएको हो । 


यसरी मनोनयनमा पर्ने यो पहिलो र एक मात्र नेपाली कम्पनी भएको बताइएको छ । शिक्षा क्षेत्रको ओस्कारका रुपमा परिचित यस अवार्डमा एजुकेसन पार्क लगातार दोस्रो पटक मनोनित भएको हो ।


अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा रहेका प्रोफेसनलहरुको विश्वव्यापी समुदायलाई एकै परिधिमा बाध्ने उद्देश्यले स्थापित द–पाईले हरेक वर्ष अवार्ड कार्यक्रम गर्दै आएको छ । 


द–पाई अवार्डमा आफ्नो पेशागत विषय तथा समाजमा उत्कृष्ट योगदानका आधारमा आवेदनमा परेका विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिने बताइएको छ । 


१८ विधा रहेको यस वर्षको समारोहमा उत्कृष्ट शैक्षिक परामर्शदाता अन्तर्गत नेपालको एजुकेसन पार्कसँगै विभिन्न मुलुकका अन्य सात संस्था मनोनयनमा परेका छन् ।
काठमाडौँस्थित सिभिल मलमा रहेको एजुकेसन पार्कले भाषा कक्षा तथा शैक्षिक परामर्श दिँदै आएको छ । 


एजुकेसन पार्कले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा तथा न्यूजिल्याण्ड लगायतका शैक्षिक गन्तव्यका निम्ति परामर्श दिने गरेको छ ।
 त्यसका साथै कम्पनीले विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी विभिन्न स्थानीय विद्यालय तथा कार्यालय परिसरमा थुप्रै सूचनात्मक कार्यक्रमसमेत पनि सञ्चालन गर्दैआएको छ । 




‘यो मनोनयन एजुकेसन पार्कको मात्र नभई सारा नेपाली शैक्षिक परामर्शदाता संस्थाको उपलब्धि हो,’ कम्पनीका प्रबन्ध निर्देशक बिराज पाण्डेले भने, ‘लगातार दोस्रो वर्ष मनोनित हुनुले कम्पनी उत्कृष्ट रहेको संकेत गर्छ ।’ यस वर्षको अवार्ड समारोह ११ सेप्टेम्बरमा लण्डनको गिल्ड हलमा  हुने बताइएको छ । 



  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १५:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया