बढ्यो इन्धनको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । मंगलबार निगमले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । 

निगमका अनुसार पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २–२ रुपैयाँ मूल्य बढेको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम हुनेछ । 

त्यस्तै, निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर समान ८७ रुपैयाँ कायम गरेको छ । त्यसैगरी हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने घटबढ नभएको जनाइएको छ । 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार २१:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया