उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि

उपचारका क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएका अछामको रामारोशन गाउँपालिका ४५ वर्षीय व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय अछामबाट प्राप्त रिपोर्ट अनुसार उपचारका क्रममा आइतबार मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

भारतबाट आएर १४ दिन स्थानीय क्वारेन्टाइनमा बसेका उनी आरडिटी परिक्षणमा नेगेटिभ आएपछि असार ९ गते घर गएका थिए ।

शनिबार एक्कासि स्वासप्रस्वासमा समस्या आएपछि उनलाई अस्पलातको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । भारतमा रहँदा मधुमेहका बिरामी भएको इन्सुलिन लिइरहेको बताइएको छ ।
 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार ९:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया