शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुवै सदनको बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मत पारित भयो ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मत पारित भयो ।

प्रतिनिधिसभाको अर्को बैठक २२ गते सोमबार १ बजे बस्ने सभामुख सापकोटाले बैठकलाई जानकारी गराए ।

त्यसैगरी, राष्ट्रियसभाको अर्को बैठक १८ गते १ बजे बस्ने सभा अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।
 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १४:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया