काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरेको छ । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि सारिएको हो ।
कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालयत बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकाा क्रममा आज बिहान निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।