काठमाडौं– नेपाल आयल निगमले डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्यमा गरेको वृद्धिप्रति नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले मूल्यवृद्धिको विरोध गरेको हो ।
अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीको बीचमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ‚ ‘यो समय जनताको दुःख तथा पीडामा सरकारले साथ दिने र सहयोग गर्ने समय हो, झन् पीडा दिने होइन ।’
मंगलबार निगमले एक सूचना जारी गर्दै राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको थियो । जसअनुसार पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २–२ रुपैयाँ मूल्य बढेको छ । निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर समान ८७ रुपैयाँ कायम गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।