टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेमा दुईजनाको मृत्यु

काभ्रे– टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय वेदप्रसाद कोइराला र ५५ वर्षीय गोवद्र्धन कोइराला छन् ।

बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव बनेपास्थित सिर मेमोरियल अस्पतालमा राखिएको छ ।

दुर्घटनापछि टिपर चालक फरार छन् । उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया