गण्डकी प्रदेशमा कोरोना संक्रमित हजार नाघे

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै सो प्रदेशमा १४ नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।  

बुधबार थपिएका १४  सहित यो प्रदेशमा संक्रमितको संख्या १ हजार ६ जना पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो । 

प्रदेशका २ सय ८७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाकै कारण २ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १८:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया