गण्डकी प्रदेशमा थपिए ८ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा आज ८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकीका बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतमा संक्रमित थपिएका हुन् । बागलुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी, पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेशभरि कोरोना निको भएर घर फर्किनको संख्या २१४ छ । 
 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार ८:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया