कमान्डरको आदेश पालना नगरेको आरोपमा सेनाका जर्नेल–कर्नेल बर्खास्त

अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा नेपाली सेनाका दुई उच्चपदस्थ सैनिक अधिकारी बर्खास्त भएका छन् । उनीहरुलाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बर्खात गरेको हो ।

बर्खास्तीमा पर्नेमा सहायक रथी (जर्नेल) सुरेन्द्रसिंह रावल र महासेनानी (कर्नेल)अनिल खड्का छन् । उनीहरुलाई कमान्डरको लिखित आदेश अवज्ञा गरेको अभियोग लागेको बताइएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले आज बिज्ञप्ति जारी गर्दै बुधबार बसेको समरी जनरल अदालतले अनुशासन तथा आचरण सम्बन्धी कसुरमा दुईजनालाई दोषी ठह¥याएको बताएको छ । दुवैलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको निर्देशनालयले जनाएको छ ।

‘पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहीता कायम गर्ने अवधारणामा नेपाली सेना प्रष्ट छ,’ विज्ञप्ति भनिएको छ, ‘दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरण विपरीत कार्य गर्नेहरूलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध छ ।’

उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस गरिएको निर्देशनालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार ९:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया