चट्याङ लागेर बारामा चार जनाको मृत्यु, सात घाइते

चट्याङ लागेर आज बिहान बारा जिल्लामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । उनीहरु जिल्लाको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको हो ।

त्यस्तै, त्रिवेणी टोलका सात जना घाइते भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार ९:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया