सेयर बजारमा टिकेन लगानीकर्ताको उत्साह
छोटो समयको कारोबारमै ८० अंक घट्यो नेप्से



लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बिहीबार ८० अंकले घटेर बन्द भएको​ छ । ६ प्रतिशत घटबढ भएपछि  सर्किट लाग्ने नियमअनुसार बजार छिट्टै बन्द भएको हो । 


बिहीबार कारोबार अवधिभर  १४२ ओटा कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्ला दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहीवार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो ।  

बिहीबार कारोबार शुरु भएको २३ मिनेटमै पहिलो सर्किट लागेको थियो  । यस दिन बजार ८० दशमलव ४१ अंकले घटेर १ हजार २५६ दशमलव ११ विन्दुमा पुगेको छ ।  

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १७ दशमलव ९९ अर्थात ६ दशमलव २७ प्रतिशतले घटेर २६९ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहमध्ये म्युचअल फण्डबाहेक सबै समूहको परिसूचक घटेको छ ।

बिहीवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा स्वाभिमान लघुवित्तका सेयरधनी छन् भने सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटलका सेयरधनी रहेका छन् । 

बिहीबार सोल्टीसहित प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ग्लोबल आईएमई बैंकको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १३:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया