प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आज अपरान्ह काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले ओली सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।
नेकपा स्थायी समिति बैठकमा केही नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा मागेपछि प्रधानमन्त्रीका समर्थक सडकमा उत्रिएका हुन् ।
वर्तमान सरकारले राम्रो काम गरिरहेको तर केही नेताले आफ्नो स्वार्थ पूरा गर्न र भारतीय चलखेलका आधारमा ओली सरकार ढाल्न खोजेको उनीहरुको तर्क छ ।
वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने माग उनीहरुको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।