नागरिकता विधेयकविरुद्ध सिके राउतको भैँसी जुलुस

जनकपुरधाम– सरकारले ल्याएको नागरिकता विधेयकविरुद्ध सिके राउत नेतृत्वको जनमत पार्टी भैँसी जुलुस गरेको छ । सो पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुरमा विधेयकविरुद्ध भैँसी जुलुस निकालेका हुुन् । 

विरोधका लागि दर्जनौँ भैँसी जम्मा पारेर भैँसीको जिउमा ‘नागरिकता विधेयक खारेज गर, केपी ओली मुर्दावाद, महिलालाई हेप्न पाइँदैनजस्ता नारा लेखेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले विधेयक खारेज नगरे मधेसभर कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ ।

नेकपाको निर्णयपश्चात् समितिले बहुमतले सो विधेयक पारित गरेको हो । यस्तो प्रावधान ल्याएपछि मधेसमा दिनहुँजसो विरोध प्रदर्शन् भइरहेको छ । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १६:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया