नेकपा स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आगामी शनिबारसम्मका लागि स्थगित भएको छ । एकपटक रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको हो । 

स्थायी समिति बैठकअघि सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि बैठक रोकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर आएपछि सुरु भएको बैठक आधा घण्टामै स्थगित भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गरेको संवाद तथा राष्ट्रपतिसँग गरेको परामर्शबारे जानकारी गराएपछि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १७:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया