कोरोनाभाइरसले अमेरिकामा बनायो नयाँ रेकर्ड

कोरोनाभाइरसको चपेटामा अमेरिका नराम्रोसँग फसेको छ । अब अमेरिकामा कोरोनाभाइरसका कारण प्रभावितको संख्या लाखौँ पुगेको छ। त्यहाँ संक्रमित मात्र २७ लाखभन्दा बढी पुगेका छन् । 

अमेरिकामा बुधबार मात्र ५२ हजार जनामा नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्म अमेरिकामा एकै दिन भेटिएका सबैभन्दा धेरै संक्रमित हुन् । 

महामारीबारे अध्ययन गरिरहेको जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अहिलेसम्म अमेरिकामा १ लाख २८ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २०:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया