प्रत्येक वर्षजस्तै यो वर्ष पनि इन्स्टाग्रामबाट कमाउने सेलेब्रिटीहरुको सूची सार्वजनिक भएको छ । यसमा दुई भारतीय कलाकार पनि परेका छन् । उनीहरु हुन्, प्रियंका चोपडा र विराट कोहली ।
गत वर्षभर धेरै कमाउने सेलेब्रिटीको सूचीमा २८ नम्बरमा प्रियंका चोपडा परेकी हुन् भने २६ औं नम्बरमा क्रिकेटर विराट कोहली परेका छन् ।
यसअघि प्रियंका यो सूचीको १९ औं नम्बरमा थिइन् । उनले एउटा पोस्टका कारण झन्डै ३ करोड ३० लाख नेपाली रुपैयाँ कमाउने अनुमान गरिएको छ । विराटले चाहिँ एउटा पोस्टबाट ३ करोड ६० लाख कमाउने दाबी गरिएको छ ।
इन्स्टाग्राममा सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचीमा फुटबलर क्रिस्टियानो रोनाल्डो पनि परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।