गण्डकी प्रदेशमा थपिए ३२ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । शुक्रबार विहान प्रदेशले दिएको जानकारीअनुसार पोखरा र भरतपुरमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

शुक्रबार विहान प्रदेशले जारी गरेको विज्ञप्तिअनुसार १९ जना नवलपरासीमा थपिएका हुन् । त्यस्तै, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बाग्लुङमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

योसँगै गण्डकी प्रदेशमा मात्र कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । गण्डकीमा अहिलेसम्म २ जनाले पोखरामा मात्र ज्यान गुमाएका छन् । २ सय ९६ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया