गत वर्ष चीनको वुहानमा पहिलोपटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण ब्राजिल सबैभन्दा प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा परेको छ । अब ब्राजिलमा कोरोनाभाइरस संक्रमणका करिब १५ लाख केसहरु देखिएका छन् ।
अनि ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।
ब्राजिलका दुई ठूला सहर साओ पाउलो र रियो दे जेनेरोमा महामारीका कारण निकै बढी प्रभाव देखिएको छ । ब्राजिलका अन्य स्थानमा कोरोना परीक्षण निकै कम गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।