नाै दिनमा खुल्याे मैलुङ–स्याफ्रुबेंसी सडक

पहिरोका कारण नाै दिनदेखि अवरुद्ध रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड सञ्चालनमा आएको छ । सडकको पहिरो पन्छाएपछि बिहीबार दिउँसोबाट यातायातका साधन चल्ल थालेका हुन् । 

दर्जनभन्दा बढी स्थानमा झरेकोे पहिरो हटाउनुका साथै सोले खोला र त्रिशूली नदिमा ह्युम पाइप बिच्छ्याएपछि सडक संचालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘वर्षायाम भएकाले पानी पर्ना साथै साना ठूला पहिरो जाने हुन्छ र जुनसुकै वेला सडक अवरुद्ध हुन सक्छ,’ उनले भने ‘सडक नियमित सञ्चालन गर्नेगरी आवश्यक उपकरण र कामदार तयारी अवस्थामा राखेका छाैँ,’ गत मंगलबार अविरल वर्षासँगै आएको बाढी र पहिरोले ह्युममपाइपसहित सडक बगाउँदा मैलुङ स्याफ्रुबेंसी सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन गर्न आयोजनाले एक–एकवटा जेसिभी र लोडर, दुईवटा एक्जाभेटर, दुईवटा टिपर र कामदारहरू परिचालन गरेको थियो । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया