महिलामाथि दुर्व्यहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कन्चनपुरमा बिहीबार राति प्रहरीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । उनीमाथि एक महिलाले दुव्र्यवहार गरेको आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको हो । 

मदिरा सेवन गरेका वडाध्यक्षले महिलामाथि आपत्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ रहेका छन् ।

मदिराको सुरमा महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेपछि वडाध्यक्ष पक्राउ परेको प्रहरीले जनाएको छ । उनले महिलालाई अपशब्द बोलेको र संवेदनशील अंगहरुमा छोएको स्थानीयले आरोप लगाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया