एनआइसी एसिया बैंकले ल्यायो सहुलियत ब्याजमा विभिन्न कर्जा योजना
८.२५ प्रतिशत ब्याज तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर, सवारी र व्यवसाय कर्जा दिने


‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ बैकिङ सेवा दिँदै आएको एनआईसी एशिया बैंकले सहज ब्याजसहितका विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ । 

असीमित सुविधासहितका नयाँ योजना ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले  सहुलियत ब्याजदरमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा ल्याएको जनाएको छ । 

ग्राहकको आवश्यकतालाई पहिचान गरी नेपाली बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजना ल्याएको जनाएको छ । 

योजनाअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराउनेछ । ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद लगायतमा कर्जा उपलब्ध हुने बताइएको छ । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षसम्मका लागि कर्जा उपलब्ध हुनेछ । अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म लिन सकिने बैंकले जनाएको छ । 

कर्जा योजनाअन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधासमेत लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । घर निर्माणको हकमा भने बैंकले निर्माण लागतको शत प्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्म समय लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने सुविधासमेत  योजनामा रहेको छ । 



यसका साथै ग्राहकले तोकिएको किस्तामार्फत आफ्नो आर्थिक क्षमता अनुसार  तिर्नसक्ने किस्ता वार्षिक रुपमा आफैले निर्धारण गरेर भुक्तानी गर्न सक्ने व्यवस्थासमेत बैंकले गरेको छ । 

योजना अन्तर्गत घर कर्जा लिएका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जासमेत लिन सक्ने व्यवस्था बैंकले गरेको छ । साथै, अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा लिएकाले आफ्नो कर्जा स्थानान्तरणसमेत गर्न सक्ने बैंकले जनाएको छ ।



यसैगरी सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत निजी तथा व्यावसायिक सवारी र विद्युतीय सवारीका लागि ग्राहकले कर्जा लिन सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा  लिएका ग्राहकले बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरणसमेत गर्न सक्ने बताइएको छ । 

सवारी कर्जा योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियल इस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । 

साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न बैंकले सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत उद्योगी तथा व्यवसायीले व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । बैंकले व्यवसायीलाई १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउनेछ । 

योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन सर्वसाधारणलाई प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकको विश्वास छ । 

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्तिको ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको बैंकले बताएको छ । 

बैंकले सञ्चालन गरेको नयाँ कर्जाबारे थप जानकारी लोन (एलओएनई) टाइप गरी ३४४८८ मा एसएमएस पठाएर  वा ९८०१२२७७५५ नम्बरमा मिस कल गरी लिन सकिने बैंकले जनाएको छ ।
 
हाल बैंकले देशभर ३२६ शाखा, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


 

  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १४:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया