क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय वडाध्यक्षलाई कोरोना संक्रमण

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का अध्यक्षलाई कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।

उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगी सहित अन्य कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।

सो वडाको क्वारेन्टाइनमा रहेकामध्ये करीब २७ जनामा कोरोना संक्रमण भइसकेको गाउँपालिकाले जनाएको छ  । 

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई  घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताए ।
 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १४:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया