फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी– फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिप्पेले पदबाट राजीनामा दिएका छन् । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले उनलाई नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीका रुपमा काम गर्न जिम्मेवारी दिएको छ ।  

राष्ट्रपति इम्मानुएल म्याक्रोले फिलिप्पेको राजीनामा स्वीकृत गरिसकेका छन् । फिलिप्पे सन् २०१७ मा प्रधानमन्त्री बनेका थिए । उनले नयाँ सरकार गठन नहुन्जेल सरकार चलाइरहने बताएका छन् । 

राष्ट्रपति म्याक्रोले बिहीबार अब नयाँ समूहले आर्थिक पुनरुत्थान तथा पुनर्निर्माणको जिम्मा लिने बताएका थिए । राष्ट्रपतिको यस्तो भनाइ आएसँगै प्रधामनत्रीले राजीनामा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   

आजै नयाँ प्रधानमन्त्रीको घोषणा हुने फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । अचममको कुरा त यो छ कि फिलिप्पेले हाभ्र सहरको मेयर हुन चाहेकाले प्रधानमन्त्रीबाट राजीनामा गरेको बताइएको छ । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १६:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया