फ्रान्सको प्रधानमन्त्रीमा जिन क्यास्टेक्स नियुक्त

एजेन्सी– फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले नयाँ प्रधानमन्त्रीमा जिन क्यास्टेक्स लाई नियुक्त गरेका छन् । ५५ वर्षीय क्यास्टेक्स शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

कन्जर्भेटिभ पार्टीमा आबद्ध क्यास्टेक्स यसअघि दक्षिण फ्रान्सको एक प्रदेशका मेयर थिए । उनलाई मन्त्रिमण्डल गठन गर्ने आदेश दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

यसअघिका प्रधानमन्त्री इडुवार्ड फिलिपले शुक्रबार नै राजीनामा दिएका थिए । म्याक्रोनले उनको राजीनामा स्वीकृत गरी त्यसको केही घण्टामै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १७:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया