पार्टी एकता कायम राख्न माग गर्दै नेकपा केन्द्रीय सदस्यले दिए धुम्बाराहीमा धर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टी एकता कुनै हालतमा टुट्न दिन नहुने माग राख्दैउनीहरुले धनार्ए दिएका हुन् । 

पार्टीमा देखिएको विवादको हल वार्ता र संवादको माध्यमबाट निकाल्न उनीहरुले जोड दिएका छन् । पार्टीलाई विधि, विधान र पद्धतिअनुसार चलाउन उनीहरुले माग गरेका छन् ।  

धर्नामा बसेकाहरुले पार्टीको बैठकभन्दा बाहिरबाट समाधान नहुने उल्लेख गर्दै सामूहिक छलफलबाट निष्कर्ष निकाल्न माग गरेका छन् । पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडि बढ्दा यस्तो समस्या आएको उनीहरुको आरोप छ  । 

दुई अध्यक्षबीच शुक्रबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरि आउने आशंका गर्दै नेकपा नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका हुन् । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १८:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया