त्रिवि उपकुलपतिको राजीनामा माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले बुझायो ज्ञापनपत्र

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले राजीनामा माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले ज्ञापनपत्र बुझाएको छ । संघले विश्वविद्यालयभित्रको शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक सुधारसहितका माग राखेर ज्ञापनपत्र पेस गरेका छ ।

राजनीतिक भागबन्डामा गरिएका सबै नियुक्ति तत्काल खारेज गर्न, त्रिवि पदाधिकारीमा बहालवाला प्राध्यापकलाई नियुक्त गर्न माग गरिएको छ ।

त्रिविमा नयाँ उपकुलपति आएपछि गरिएका नियुक्ति रद्द गर्न माग गर्दै प्राध्यापकहरूले शुक्रबार उपकुलपतिको कार्यालय कीर्तिपुरमा पुगेर बास्कोटालाई ३३ बुँदे ज्ञापनपत्र दिएका छन् ।

मागपत्रमा लामो समयसम्म आंशिक रुपमा कार्यरत शिक्षकलाई करारमा नियुक्ति गर्ने प्रकृया तत्काल सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी सरकारले उपलब्ध गराएको १३८० दरबन्दीमा करारमा नियुक्त भई स्थायी हुन बाँकी शिक्षण सहायकलाई विशेष आन्तरिक प्रतियोगिताबाट तत्काल उपप्राध्यापकमा स्थायी बनाउन पनि प्रजातन्त्रवादी प्राध्यापकहरूले माग गरेका छन् । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १९:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया