प्रचण्डसँगको भेटमा प्रधानमनत्रीले भने– अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ अरु भन्नुस्

काठमाडौं– स्थायी समिति र सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएका छन् । शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा उनले दुवै पद नछोड्ने अडान लिएका हुन् । 

शुक्रबार दुई अध्यक्षबीच तीन घण्टा लामो वार्ता भएको थियो । सो भेटमा पनि ओलीले पुरानै अडान दोहोर्याएका थिए । बैठकमा सहभागी नेताहरूका अनुसार ओलीले ‘प्रधानमन्त्री र अध्यक्षबाहेक अरु कुरा छ भने गरौँ’ भनेका थिए । 

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अध्यक्षद्वयको छलफल सकारात्मक रहेको बताएका छन् । आजको छलफलले तनाव अन्त्य गराउने देखाएको दाबी गर्दै उनले फेरि भोलि बैठक बसेर सबै किसिमका असमझदारी अन्त्य गर्ने प्रयास हुने जानकारी दिए । 

शुक्रबार नै दोस्रो तहका ११ जना नेताहरुले छलफल गरी विगतमा भएका सहमतिका आधारमा समस्या समाधान हुनुपर्ने निष्कर्ष निकालेका छन्।

सो छलफलमा कृषिमन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री एवम स्थायी समिति सदस्य शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा थिए ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार २०:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया