किन देखे कमल थापाले ओली र प्रचण्डलाई दाजु-भाइ जस्ता ?

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन् ।

पार्टी विवाद मिलाउन शुक्रबार नेकपाको बसेको बैठकपछि खिचिएको ओली र प्रचण्डको एउटा तस्बिर फेसबुकमा शनिबार बिहान पोस्ट गर्दै थापाले व्यंग्य गरेका हुन् ।
नेकपाका दुवै अध्यक्ष आ–आफ्नै अडानमा कायम रहेपछि लामो छलफलपछि पनि शुक्रबार कुनै सहमति जुट्न सकेको थिएन । यद्यपि, तस्बिरमा ओली र प्रचण्ड प्रशन्न मुद्रामा हात मिलाइरहेका देखिन्छन् । यो तस्बिर रुन्चे हाँसो हो भन्ने आशय राप्रपा अध्यक्षको देखिन्छ ।

‘शनिबारको हल्का रमाइलो’ शीर्षक दिएर थापाले व्यंग्य गरेका छन् । उनले ओली र प्रचण्डको अनुहार, जिउडाल र मधुर मुस्कान मिल्ने भएकाले सहोदर दाजु-भाइ जस्तो देखिएको भनेका छन् ।

अध्यक्ष थापाले तस्बिरमा ओली र प्रचण्ड अंशबण्डाको झगडापछि मिलेका दाजुभाइ जस्तो देखिएको बताएका छन् । उनले ठट्टा गरेको नभएर ‘साच्चै भनेको’समेत लेखेका छन् ।

‘शनिबारको हल्का रमाइलो : तस्बिरको अघिल्लो पङ्तिमा देखिनुभएका दुई महानुभावको अनुहार, जिउडाल र मधुर मुस्कान साख्खै दाजुभाइ जस्ता देखिन्छन (साच्चै भनेको) अंशबन्डाको झगडा टुंग्याएर हात मिलाएजस्तो भावभंगीमा छ । दाजु-भाइ मिलेकै बेस शुभकामना’, थापाले लेखेका छन् ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १०:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया